दमकमा ‍औषधी पसल समेत बन्द

झापा- झापाको दमकमा एक औषधी व्यवसायीमा कोरोना संक्रमण देखा परेपछि दमकका क्लिनिक तथा औषधी पसलहरु समेत बन्द गरिएका छन् ।

दैनिक सयौंको संख्यामा उपचार गर्न र औषधी खरिद गर्ने दमक फार्मेसीका एक स्वास्थ्यकर्मीमा भाइरस पोजिटिभ देखा परेपछि उपचारमा जानेहरुमा त्रास समेत बढेको छ ।

एक साताअघि पोजिटिभ देखा परेकाहरुको सम्पर्कमा रहेकाको पीसीआर जाँच गर्दा शनिबार थप १६ जनामा कोरोना भाइरस देखा परेको हो ।

ती मध्ये १ औषधी व्यवसायी, प्रहरी र कर्मचारी रहेका छन् । संक्रमण संख्या बढे पछि एक साता अघि जारी गरेको लकडाउनलाई थप एक साता बढाइएको दमक नगरपालिकाले जानकारी दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.