काभ्रेका बिभिन्न अस्पतालका चिकित्सकहरुमा संक्रमण बढ्दै

काभ्रे- काभ्रे जिल्लाका बिभिन्न अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिन थालेको छ । हिजो मात्रै एकै दिन दुई वटा अस्पतालमा कार्यरत ३५ जना कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै धुलिखेल अस्पतालमा कार्यरत थप १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

हालसम्म काभ्रे जिल्लाका बिभिन्न अस्पतालमा कार्यरत ५१ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भइसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.