काठमाडौंमा संक्रमित घटे, देशभर संक्रमितको संख्या ८ सय १८

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौं उपत्यकामा संक्रमितको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । आइतबार उपत्यकामा १ सय ६६ जना संक्रमित भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा ८ सय १८ जना संक्रमित भएका छन् । आइतबार २ सय ८१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको छ ।

तीन जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.