बाजुरामा मतगणना फेरि रोकियो

काठमाडौँ- बाजुरामा हिजोदेखि शुरु भएको मतगणना कार्य अहिले फेरि रोकिएको छ।
बाजुराको हिमाली गाउँपालिका-६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।
प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको हाम्रा संवाददाता प्रकाश सिंहले जानकारी दिएका छन ।
यसअघि ७ हजार ५ सय १० मत गणना हुँदा नेपाली काँग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमति भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको थियो तर अहिले फेरि विवाद भएपछि गणना रोकिएको हो ।।






प्रतिक्रिया राख्नुहोस्