काभ्रेको विकट महाभारत गाउँपालिकामा रेविज विरुद्धको जनचेतनामुलक अभियान सुरु

काभ्रे- काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिकामा रेविजको आतंक फैलिए पछि रेविज विरुद्धको सुई तथा अन्य जनचेतनामुलक अभियान सुरु गरिएको छ । महाभारत गाउँपालिका वडा नम्बर १, ६,७ र ८ मा पशुहरु धमाधम मर्न थालेका छन् । एक महिना अघि वडा नम्वर ६ र ७ मा मरेका थिए भने अहिले वडा नम्वर १ र ८ मा मरेका छन् ।

१ गोकुलेमा पछिल्लो एक महिनामा ६ वटा पशु मरेका छन् । मरेका मध्ये दुई गाई र एउटा खसीमा गरिएको परिक्षणमा रेविज देखिएको छ । रेविज फैलन नदिन स्वास्थ्य कार्यालय, जिल्ला पशु भेटेनिरी अस्पताल, गाउँपालिका र वडा कार्यालयले पशु र मानिस दुवैमा रेविजविरुद्धको सुई तथा अन्य जनचेतनामुलक अभियान शुरु गरेको छ ।

मरेको पशुको मासु र पुजाको प्रसादको रुपमा ‘पञ्चामृत’ काँचो दूध सेवन गरेका सर्वसाधारण छाडा कुकुरको टोकाईबाट थप त्रसित भएका हुन् । ‘पशु मर्न लाग्यो भने पछि मारिहाल्ने र काट्न नभ्याउँदै मर्‍यो भने पनि काटेर खाने चलनका कारण स्थानीय त्रसित भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा पुरुषोतम सेढाईले महाभारत गाउँपालिकाका केही वडाहरुमा रेविज पुष्टि भएको बताउनु हूदै पशुमा फैलिएको रेविज मान्छेमा सर्न नदिन स्वास्थ्य कार्यालयले स्थानीय सरोकारवाला निकायहरु सँग सहकार्य गरि जनचेतना तथा रोकथामको पहल सुरु गरेको बताउनु भयो । उहाँले रेविजका कारण हुन सक्ने क्षतिलाई रोक्नको लागि स्वास्थ्य कार्यालय, भेटेरिनरी अस्पतालसँग सहकार्य गरेर कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो ।

महाभारत गाउँपालिमा रहेका सबै गोठ खुल्ला छन् । रातको समय वा दिउसको समयमा समेत बहुला कुकुर र जंगली जनावारहरुद्वारा गोठमा रहेका पशुहरुलाई आक्रमण गर्ने तर कसैले नदेख्ने भएकाले रेविज भएका त्यस्ता जनावारहरुबाट पशुमा घाउ बनाउँदा रेविज सर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.