उपत्यकामा पञ्जाको अभावः कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका

काठमाडौं- काठमाडौं उपत्यकाको बजारमा पञ्जाको अभाव देखा परेको छ । कोभिड १९ का क्रममा मास्कसँगै पञ्जाको प्रयोग समेत अध्याधिक बढेको हुँदा पञ्जाको अभाव पैदा भएको मेडिकल पसल संचालकहरुको अनुमान छ ।

देशभित्रै उत्पादन नहुने गरेकोले मूल्य बृद्धिका लागी पञ्जाको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका पनि औषधि बिक्रेताहरुको छ ।

लगभग २ हप्तादेखी उपत्यकाको बजारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले लगाउने सर्जिकल ग्लोबसँगै सर्वसाधारणले कोभिड-१९ को महामारीबाट बच्न प्रयोग गर्ने ग्लोबको समेत अभाव शुरु भएको बताइएकोछ ।

हाल बजारमा उपलब्ध मास्कको उत्पादन मुलुकभित्रै हुने गरे पनि पञ्जामा भने नेपाली बजार आयातमा निर्भर रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.