नेपाल टेलिभिजन कर्मी खत्री पुरस्कृत

गुल्मी- नेपाल टेलिभिजनकर्मी गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री पुरस्कृत हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री पुरस्कृत हुनुभएको हो ।

पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जिल्लाका गरेका असल कर्मको प्रचारप्रसार गरेको तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको भन्दै पुरस्कृत गरेको प्रतिष्ठानका सचिव भुवन भुसालले बताउनु भयो ।

पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लाससिहत सम्मान गरिएको हो । प्रमुख अतिथि बिजीले पत्रकारिता क्षेत्रमा थप क्रियाशील र योगदानका लागि बधाई तथा शुभकामना दिनुभयो ।

विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आउनु भएका खत्री हाल नेपाल टेलिभिजनमा गुल्मी जिल्ला संवाददाता हुनुहुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.