कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार दिइएको जानकारी अनुसार काठमाडौंसहित रुपन्देही, मोरङ, सुनसरी र पर्सामा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी, मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.