नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गर्नुभएको छ ।
निर्वाचन परिणाम प्रतिवेदन प्राप्त भएको र समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
संविधानको धारा- ७६ को उपधारा- १ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा- २ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिनुभएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ । एकल दलमात्र होइन, सत्तारुढ गठबन्धनलाई समेत बहुमत प्राप्त हुन सकेन । संसदमा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसँगै पुनर्उदय भएको राप्रपा निर्णायक छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरिरहँदा हाम्रो संवैधानिक व्यवस्था भने यस्तो रहेको छ–
प्रतिक्रिया राख्नुहोस्