डा. राउत जनमत पार्टी संसदीय दलको नेता चयन

काठमाडौं– जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ ।

बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

पहिलोपटक संसदीय निर्वाचन लडेको जनमत पार्टीका अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै विजयी हुनुभएको थियो ।

जनमतले प्रत्यक्ष एक र समानुपातिक पाँच सांसद जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.