सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरुमा महानगरको डोजर चलाइँदै
काठमाडौं- काठमाडौंको धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु काठमाडौं महानगरपालिकाले भत्काउन थालेको छ । प्राविधिक र डोजरसहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचनाहरु भत्काउन थालेको हो ।
सो क्रममा करिडोरको सडक नजिकै रहेका घर र टहरालाई हटाइएको छ । महानगरको टोली पुगेपछि केहिले सामानहरु बाहिर निकालेका थिए भने केहिले विना सूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् ।
सार्वजनिकस्थान मिचेर बनाइएको संरचना प्रावधिकको राय सल्लाहको आधारमा हटाइएको महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । उहाँले धोविखोला करिडोर लगाएत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमशः हटाउदै जाने जानकारी दिनुभयो । अनधिकृत संरचना हटाउन पटक पटक सूचना जारी गरेपनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उहाँको भनाइ छ ।-
प्रतिक्रिया राख्नुहोस्