उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५सम्म स्थगित

काठमाडौं- काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

उपत्यकामा कोभिड-१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिनुभयो ।

अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.