बागलुङमा पहिरोले घर पुरिदा १ युवतीको मृत्यु
बागलुङ– बागलुङमा पहिरोले घर पुरिदा १ युवतीको मृत्यु भएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा स्थानीय कली परियारकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो । घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि पहिरो खसेको स्थानीयले बताएका छन् ।
मृतक युवतीको परिवारका अन्य सदस्य आमा, बहिनी र दुई भाइ अर्को घरमा सुतेको कारण उनीहरु सुरक्षित रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्