पाँचथरमा सडक निर्माणको कामले गति नलिंदा यात्रुले कहिलेसम्म सास्ती खेप्‍नुपर्ने ?

पाँचथर- पाँचथर जिल्लालाई चौतर्फी सडक संजालले जोडिएको छ । त्यहि सडक भरपर्दो नहुँदा भने यात्रुले सधैं सास्ती खेप्नु परेको छ । मेचि राजमार्गबाहेक अन्य सडक कालोपत्रे बनाउन थालिएको बर्षौ भयो ।

तर सडक नबन्दा सदियौंदेखि भरीयाको भरपर्नु पर्ने दिनको अझै पनि अन्त्य हुन सकेको छैन । दमकदेखि पाँचथरको मिक्लाजुङ गाँउपालिका प्रवेश गर्न निर्माणाधीन ४० किलोमिटर सडक सुरु गरेको चालिस बर्ष भइसकेको छ ।

इलाम माङसेबुङ निबासी ७३ बर्षिय केहेरसिं योङहाङले सडक निर्माण अभियान थालेको ४० बर्ष पुगेको छ तर त्यहि सडक भरपर्दो नभएको योङहाङको गुनासो छ ।

करिब साढे ५४ करोड रुपैयाँको लगानी भएको दमक-चिसापानी पहिलो खण्डको २४ किलोमिटर सडक निर्माणमा ढिलाइ भएको हो । सो सडकलाई कर्मथलो बनाएर सदियौदेखि इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङबासी पैदल हिड्ने मूख्य गोरेटो बाटा थियो । त्यहि बाटोमा पर्ने रतुवा खोलामा ६५ पटक वारपार गरेर जोखिमले हिड्नु पर्ने दिनको अन्त्य भयो तर भरपर्दो सडक भने बन्न नसकेको यात्रुको गुनासो छ ।

पाँचथरको दक्षिण भेगका नागरिक झापा दमक बजार र दमक अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता अझै छ । दमक-सत्तमी सडक निर्माण ढिलाइले इलाम जिल्लाको दक्षिण पश्चिम भेग र पाँचथरको दक्षिण भेगका स्थानीयबासी अहिले पनि जोखिम सडकमा आवतजावत गर्नु परेको पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका अध्यक्ष अम्मरराज माखिमको भनाइ छ ।

समयमै सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालय दमकबाट अनुगमन गर्दै आएका छन् । निर्माणकर्ताको ढिलासुस्ती र पटकपटक ठेक्का रद्ध गरी अरु निर्माण व्यवसायीलाई कामको जिम्मा दिनुपर्ने अवस्थाले पनि समयमै काम हुन नसकेको इन्जिनियर दिलिप कुमार मण्डलले बताउनु भयो ।

त्यस सडकमा ६ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । सडक पुल तथा कजवे निर्माण सकिए पनि अन्य स्थानमा नालि, कटिङ र ग्रावेलको काम सुस्तगतिमा भएको जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.