बोकेरै सवारी साधन तार्नुपर्ने बाध्यता (भिडियोसहित)

रुकुम-  राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ११ र १२ को सिमानामा रहेको पितिवाङ खोलामा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ ।
वर्षायाम शुरु भएसंगै असार देखी भदौ महिना सम्म खोला बढ्ने भएकाले यसक्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । रुकुम भित्रिने तथा बाहिरिने मुख्य सडकखण्डमै पक्की पुल निर्माणको काममा ढिलाई हुँदा साना तथा ठूला सवारीसाधन आवागमन लगायत सर्वसाधारणले आवतजावतमा समस्या भोग्नु परेको यसक्षेत्रका बासिन्दा गुनासो गर्छन ।
यसवर्षको बर्षाले पितिबाङ्ग खोला बढेपछि स्थानीय युवाहरुको सहायतामा साना सवारी साधन र यात्रुलाई बोकेरै उद्धार गुर्नपर्ने अवस्था छ । तर स्थानीय युवाले मोटरसाईकल लगायत साना सवारी साधन वारपार गराए वापत चारसयदेखी एकहजार रुपैंया लिने गरेका छन् ।
सडक डिभिजन कार्यालय चौरजहारीले भने पितिबाङ्ग खोलामा ५ करोड २८ लाख लागतमा आगामी वर्षदेखी सञ्चालनमा आउने गरी ३५ मिटर लामो प्रिस्ट्रेस आरसीसी मोटरेबल पुल निर्माणको काम शुरु गरिएको बताएको छ । तर उक्त पुलको काम गत जेठ महिनादेखि बन्द रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.