लकडाउनको फाइदा उठाउँदै शिक्षकः मकै स्याहर्न भ्याइनभ्याइ
स्याङ्जा- कारोना महामारीका कारण शैक्षिक संघ संस्था ठप्प छन् । विद्यालय बन्द भएपछि शिक्षकहरु फुर्सदिलो बनेका छन् । तर स्याङजाको गल्याङ-११ मा रहेको श्री बज्रे माध्यामिक विद्यालयका शिक्षकहरुलाइ भने भ्याइनभ्याइ छ ।
विद्यालयको गुणस्तर बृद्धी गर्न यहँका शिक्षकले विद्यालयमा नगदे तथा खाद्य बाली लगाएका छन् । २५ रोपनी जग्गा भाडामा लिएर यहँका ११ जना शिक्षकले मकै, अदुवा, खुर्सानी र बोडी लगाएर निजी स्रोतका शिक्षकलाइ तलब खुवाउने मात्र होइन पुस्तकालय र बिज्ञान प्रयोगशालाका सामाग्री समेत यही आम्दानीले पुर्याएका छन् ।
अहिले यहाँका शिक्षक मकै स्यार्हन र बिक्री बितरण गर्न व्यस्त छन् । टेण्डर प्रकृयाबाट मकै बिक्री गर्ने र आम्दानीलाइ विद्यालयको हकहितमा प्रयोग गर्ने विद्यालयका प्रध्यानाध्यापक नेत्र प्रशाद गैह्रेले बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्