एशियाली बिकास बैंकको २३ अर्ब ८८ करोड ऋण सहयोग
काठमाडौं- एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई २३ अर्ब ८८ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।
दक्षिण एशियाली प्रसारण लाइन विस्तारका लागि एडीबीले यो ऋण सहयोग गर्ने भएको हो ।
बिहिबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका नेपालस्थित प्रमुख मुख्तोर खमुदखमोदले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार विकास बैंक मार्फत नै नर्वे सरकारलेपनि सोही आयोजनाका लागि ४ अर्ब १८ करोड रुपैया सहयोग गर्ने भएको छ ।
सम्झौतापछि अर्थमन्त्रालयका सचिव ढुंगानाले एडीबी नेपालको विकासका लागि मुख्य सहयोगी भएको उल्लेख गर्दै विद्युत प्रसारणको क्षमता विस्तार र विकास गर्न अहिलेको सम्झौता फलदायी हुने बताउनुभयो ।
एडीबीका नेपालस्थित प्रमुखले मुलुकका सबै क्षेत्रमा विद्युत पुर्याउनका लागि सम्झौता फलदायी हुने बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्