प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.