अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवस मनाइयो

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ स्थापना दिवस मनाइएको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो ।

स्थापनादेखि हालसम्म आयोगले गरेका काम सङ्ख्यात्मक रूपमा चित्तबुझ्दो रहे पनि गुणात्मक अनुसन्धानमा चुनौती थपिएको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् । आयोगको कामलाई अझै प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनदेखि कानुनको समयानुकूल परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले विद्यमान कमजोर कानुनी संरचनाकै कारण आयोगले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित रूपमा काम गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.