कर्मचारीको पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन परिपत्र

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन परिपत्र गरेको छ ।

मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभागीय प्रमुखको पदमा पदस्थापन गर्नुपर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन निर्देशन दिएको हो । यसअघि सो व्यवस्था लागू नभएको भन्दै मन्त्रालयले अब भने मन्त्रालयको अनिवार्य अनुमति लिन निर्देशन दिएको छ । यस्तै मन्त्रालयले कर्मचारीको तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नु परेमा पनि मन्त्रालयको सहमति लिन भनेको छ ।

स्वीकृत दरबन्दीको पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहको कर्मचारीलाई खटाइएको पाइएको भन्दै मन्त्रालयले परिपत्र जारी गरेको ७ दिनभित्र स्वीकृत दरबन्दी अनुसारको कर्मचारी खटाई मन्त्रालयलाई जानकारी गराउन पनि भनेको छ । यस्तै सरुवा कामकाजमा खटाइएको ठाउँमा नगएका कर्मचारीको विवरण पनि ७ दिनभित्र मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.