शिवरात्रिमा उखुको महत्व : उत्पादन गर्ने किसान भने समस्यामा
स्याङजा- हिन्दू धर्म अनुसार शिवारात्रीलगाएतका विशेष पर्वहरुमा उखुको प्रयोग अपरिहार्य मानिन्छ । तर व्यवसाय केन्द्रित उखुको बजार व्यवस्थित नहुँद हिजोआजन विरलै उखु देख्न पाइन्छ।
कुनै समय जिल्लाकाअधिकाशं बजारहरु उखुबारीले ढाकिएको हुन्थ्यो । तर, बढ्दो बजारीकरणले यो पेशा गर्ने किसान भने संकटमा छन् । शिवारात्रीको अवसरमा भने उखुको माग अत्याधिक हुने गर्दछ ।
कालरात्रि, मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र रात हो शिवरात्रि।
शिवशक्ति पिठमा स्नान गरेर आज रातभर भजनकीर्तन गर्ने, धुनी बालेर शिवको पूजाआराधना गर्ने र उखु पोलेर पड्काउने चलन छ ।
यसरी पड्काइएको उखुलाई शिवजीको प्रसादको रूपमा खाने गरिन्छ । त्यसैले , आज शिवशक्ति पिठमा उखुको राम्रो व्यपार हुने गर्दछ । तर पछिल्लो समय बढ्दो शहरीकरणको कारण उखु लगाउने किसान घट्दै गएका छन् भने उखु सेवन गर्ने उपभोक्ता बढ्दोछन् ।
शिवधुनीमा तताएर पड्काइने उखु प्रसादको रुपमा प्रयोग गरिने जनविश्वास छ ।
बजारमा एउटा उखुको मूल्य एक सयदेखि २०० रुपैँयासम्म पर्ने गर्दछ ।
धार्मिक मात्र होइन व्यवसायिक हिसाबले पनि उखुको महत्वउत्तीकै छ ।
गुँण ,खुदो , चिनि तथा जुसको मागअत्याधिक भएपनि उखु किसान भने घट्दो क्रममा छन् ।
आजैको दिनलाई लक्षित गरेर उखु खेती गर्ने कृषकले छाङछाङदी राम्दीलगाएतका क्षेत्रमा यसको व्यवसाय गरेका छन् ।
यसमा मिहेनेत धेरै प्रतिफल कम हुँदा पनि किसानको आकर्षण उखु खेतितर्फ घटेको छ ।
स्याङ्जाको कालीगण्डकी , चापाकोट , वाालिङ लगाएतका केही स्थानमा यो खेति गरिए पनि व्यवसायिक हिसाबले ठुलो क्षेत्रफलमा यसको खेतीगर्त सकिएको छैन ।
बिभिन्न प्रजातीको नगदे बाली संरक्षणमा राज्यले कार्यक्रम लागु गरेपनि उखु किसानलाई व्यवस्थित गर्ने ठोस योजना नहुँदा उखु किसान समस्यामा छन् ।।
प्रतिक्रिया राख्नुहोस्