नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं- शनिबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाउनुभएको थियो ।

अबको सचिवालय बैठक कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.