एम्बुलेन्स चालक नहुँदा हिजो मृत्यु भएकी महिलाको शव व्यवस्थापन आजमात्रै

पाल्पा- पाल्पामा हिजो राति कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको आज दिउँसो मात्रै शव व्यवस्थापन भएको छ ।

तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिलाको हिजो राति ७ बजे उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजको भेन्टिलेटरमा मृत्यु भएपनि आज दिउँसो मात्रै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले बिहानैदेखि तयारी पूरा गरेको भएपनि मेडिकल कजेलदेखि शव व्यवस्थापन स्थलसम्म पुर्याउनका लागि एम्बुलेन्स चालक नहुँदा व्यवस्थापनमा समस्या भएको गणका सेनानी कुमार थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजे मात्र एम्बुलेन्स चालकको व्यवस्थापन भएपछि तानसेन नगरपालिका ८ स्थित सिदार्थ राजमार्गको कालिमाटी नजिकैको जंगलमा नेपाल सरकारको स्वास्थ्य प्रोट्रोकल अनुसार शव व्यवस्थापन गरिएको सेनानी थापाले बतानुभयो ।

उक्त महिलाको गत भदौ ७ गते उपचारका क्रममा कोरोनाका लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसअघि पूर्वखोला गाउँपालिकास्थित सिलुवाका ४५ पुरुषको गत जेठ २२ गते मृत्यु भएपनि हाल मृत्यु हुने महिला भने समुदायमा संक्रमण भएपछि मृत्यु हुने पहिलो व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.