राहदानी विभागले आज उपत्यका बिदाका दिन पनि सेवा दिने

काठमाडौं- राहदानी विभागले आज अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले आज बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो । आज मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फर्म भरेकोले २:३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.