स्पाइनल इन्जुरी अस्पताल नै बन्यो कोरोना केन्द्र

शनिबार थप ३६ जना संक्रमित थपिए, संक्रमित संख्या १ सय ४ पुग्यो

काभ्रे– स्पाइनल इन्जुरी अस्पतालमा शनिबार थप ३६ जना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा ३६ जना संक्रमित थपिएका छन् ।

बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको अस्पतालमा कर्मचारी, तालिमकर्ता, विरामी कुरुवा र क्यान्टिन कार्यरत गरि संक्रमित हुनेहरुको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

सो अस्पतालको सम्पर्कमा रहेका १२ जना स्थानीयहरुमा पनि संक्रमण देखिएको छ । स्पाइनल इन्जुरी अस्पतालमा पहिलो पटक भदौ २ गते एक जना कर्मचारीमा संक्रमण देखिएको थियो ।
भदौ ६ गते थप २३ जनामा संक्रमण देखिएसँगै उक्त अस्पतालमा २५ जना संक्रमित भएका थिए । भदौ १० गते १२ जना विरामीमा संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनुभयो । जिल्लामा ५२ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ । जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.