महामारीमा स्वास्थ्यकर्मीहरु धर्नामा, स्थायी हुनुपर्ने माग (भिडियोसहित)

काठमाडौं– निजामती कर्मचारी अस्पतालका कर्मचारीहरूले आफूहरूले सरकारी कर्मचारीले सरह तलव सुविधाहरू पाउनु पर्ने माग गरेका छन् ।

वर्षौंदेखि आफूहरू न्यून सुविधामा काम गर्न वाध्य भएको र आफूहरूले उठाउँदै आएको मागमा कुनै सुनुवाई नभएको भन्दै उनीहरूले अस्पताल हाता भित्रै विरोध प्रदर्शन गरेका छन्। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत तलव, ग्रेड, भत्ता, वढुवा लगायतका सुविधाहरूमा विभेद गरिएको भन्दै उनीहरूले ९ बुँदे मागपत्र अघि सारेका छन्।

सम्बन्धित निकाय तथा पदाधिकारीको ध्यानाकर्षणको लागि आफूहरूले विरोधका कार्यक्रम अघि सारेको भएपनि अस्पतालको सेवामा कुनै असर पर्न नदिएको निजामती कर्मचारी अस्पताल कर्मचारी संघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.