भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ ।

८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको हो । छोरासमेत रहेका पूर्वसांसद अभिजित मुखर्जीले ट्वीटमार्फत आफ्ना बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका छन् ।

मस्तिष्कको सर्जरीका लागि अस्पताल पुगेका मुखर्जीको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । भारतीय राजनीतिमा लामो समयदेखि सक्रिय उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए । उनी अर्थ, रक्षा र विदेशमन्त्री भएका थिए ।

राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाहलगायतले पूर्वराष्ट्रपति मुखर्जीको निधन भएकोमा शोक प्रकट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.