काठमाडौंका मेयरलाई कोरोना संक्रमण

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पताल भर्ना गराउन पुगेका मेयर शाक्यले पीसीआर परीक्षण गराएका थिए । श्रीमतीलाई नेगेटिभ देखिए पनि मेयरमा भने पोजेटिभ रिजल्ट आएका महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले जानकारी दिनुभयो ।

बाँस्तोलाका अनुसार शाक्यमा कुनै लक्षण भने छैन । ‘अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ,’ बाँस्तोलाले भन्नुभयो, ‘आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।’

काठमाडौं महानगरपालिका स्रोतका अनुसार मेयरसँग नजिक सम्पर्कमा रहेका उपमेयर हरिप्रभा खड्गीसहित महानगरका कतिपय कर्मचारी र जनप्रतिनिधि आइसोलेसनमा बस्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.