प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

विराटनगर- प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विराटनगरमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको घिमिरेले जानकारी दिनुभयो । शनिबार धनकुटामा क्वारेन्टाइन/आइसोलेसन व्यवस्थापनबारे बुझेर फर्केलगत्तै डाइरिया सुरु भएपछि मन्त्री घिमिरे क्वाटरमै बस्नुभएको थियो । ‘आज परीक्षण गर्दा पोजेटिभ आयो,’ उहाँले नेपाल टीभी अनलाइनसँग सोमबार राति भन्नुभयो ।

मन्त्री घिमिरेले आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन र क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.