वीरगंज र धरानमा १/१ जना संक्रमितको मृत्यु

सुनसरी- सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने प्रदेश २ को मिचैया ६, सिरहाका ६५ बर्षीय वृद्ध हुन् । उनको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको बिराट मेडिकल कलेजबाट रिफर भएका उनी वीपी प्रतिष्ठानमा भदौ १० गते साँझ ७ बजे भर्ना भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको छ ।

ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने समस्या भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि बिराटबाट रिफर भएको थियो । शरिरको महत्वपुर्ण अंगहरु निष्क्रिय भएको अवस्थामा उनी प्रतिष्ठानमा भर्ना भएका थिए ।

प्रतिष्ठानमा पनि उनको २ पटक डाइलाइसिस गर्नु परेको प्रवक्ता डा.सापकोटाले जानकारी दिनु भएको छ ।  मृतकको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी वीरगंजमा कोरोना पुष्टि भईअस्पताल भर्ना भएका एक जना बृद्धको आज बिहान मृत्यु भएको छ ।

उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का स्थानीय बासिन्दा हुन । श्वासप्रश्वास लगायत कलेजो सम्बन्धी समस्या र हाइपरटेन्सन जस्ता अन्य दीर्घ रोगबाट ग्रसित उनमा कोरोना पुष्टि भएपछि भदौ १३ गते नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

विगत तीन दिनदेखि आइसीयूमा उपचार गराइरहेका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो । मृतकको कुनै ट्राभल हिस्ट्रि छैन ।

यो सँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३७ पुगेको छ ।जसमध्ये एक जनाको पहिचान खुलेको छैन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.