सप्तरीमा आगोलागीबाट ७ परिवारका ४४ लाखभन्दा बढीको क्षति
सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १ बैरवा पोटरी हटियास्थित मुश्लिम टोलमा आगलागी हुदाँ ७ परिवारको ४४ लाख ५० हजार बराबरको क्षति भएको छ ।
मंगलबार कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगोलगी हुदाँ सँगै टासिएको गाई गोठसमेत जली पुर्ण रुपमा नष्ट भएको र आगो फैलेर कलिमका भाइ मर्तुन्ज सेखको नजिकै रहेको एक कोठे सुत्ने फुसको घर पनि जलेको थियो । यसका साथै ईसलाम सेखको दुई तले टिनको जस्ता पता भएको कच्ची घरमा समेत आगो लाग्दा घरमा रहेका सरसमानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरि महादेवपट्टि बस्ने भटन शेखको घर नजिकै रहेको परालको टालमा अचानक आगलागि हुँदा निजको ५० हजार भन्दा बढीको क्षति भएको छ । आगो स्थानीय , सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमाननगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलले नियन्त्रणमा लिएका थिए ।
दलित सरोकार मञ्चद्धारा आगोलागी पीडित परिवारलाई राहत
दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १ बैरवा पोटरी हटिया स्थित मुश्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई मंगलबार राहतमा खाद्यान्य र ब्लाङ्केट वितरण गरेको छ ।
मञ्चका कार्यकारी निर्देशक भोला कुमार पासवान, कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन,कार्यपालिका सदस्यद्धय शोभा पासवान र सुरेश पंजियार,वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा राहत सामग्री वितरण गरिएको हो ।।
प्रतिक्रिया राख्नुहोस्