नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ ।

हिजो साँझ बुटवलमा पक्राउ परेका उनलाई आज काठमाण्डौ ल्याएर अदालतमा उपस्थित गराइएको हो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई हिजै पक्राउ पुर्जी जारी भएको थियो ।

यो प्रकरणमा गत १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका राईले प्रहरीसँगको बयानमा  आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.