पुष्पा र अञ्जली अब प्राकृतिक बासस्थानमा

काठमाडौँ- चितवन सौरहा राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्केका पुष्पा र अञ्जलीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ ।

पुष्पा र अञ्जली चितवन राष्ट्रिय निकुञ्जमा माउ गैडाबाट छुट्टिएर एक्लो अबस्थामा भेटिएका दुर्लभ एक सिंगे गैडाका टुहुरा बच्चाहरु हुन् ।

ती बच्चाहरुलाई २०७६ र २०७७ सालमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिकहरुले जंगलबाट ल्याएर औषधि उपचार र स्याहार सुसार गर्दै आएका थिए ।

ती बच्चाहरु हुर्कँदै जाने क्रममा गाउँमा जाने र मानबीय क्षति पुर्‍याउने सम्भावना भएको हुँदा प्राकृतिक बासस्थानमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सहायक वार्डेन गणेशप्रसाद तिवारीले बताउनु भयो ।

पुष्षा ३ बर्ष ४ महिना र अञ्जली २ बर्ष १ महिना उमेरको भएको उहाँले जानकारी दिनुभयो ।

उक्त गैंडाका बच्चाहरुलाई चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा छाडिएको छ ।

पुष्पा र अञ्जली सौरहामा रहुन्जेल सौरहामा जाने पर्यटकहरु पुष्पा र अञ्जलीसँग फोटो खिचेर रमाउनुका साथै टिकटक बनाउने गरेका थिए ।

ती गैंडाहरुलाई प्राकृतिक बासस्थानमा बानी नपरेसम्म नियमित अनुगमन गरिने निकुञ्जले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.