भारतको तेलङ्गनामा कार दुर्घटनाः पाँच युवाको मृत्यु
काठमाडौं- भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार आज पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ ।
उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिनु भएको छ ।-
प्रतिक्रिया राख्नुहोस्