प्रधानमन्त्री-सभामुख वार्ता : संसदको अबरोध खुलाउने प्रयास

प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गर्नुभएको छ । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गर्नुभएको छ ।

उहाँले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवादगर्न आग्रहगर्नुभएको छ । आइतबार प्रतिनिधि सभाअवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्नुभएको थियो ।

सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारकातर्फबाट पहलगर्न आग्रहगर्नुभएको थियो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिनव्यतितभइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भन्नुभएको थियो, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदनअवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमाअध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमाआफूले प्रष्टिकरण दिने बताउनुभयो ।

‘म एमाले अध्यक्ष केपीशर्मा ओली सहितविपक्षीदलसँगपनि कुरा गर्छु, सरकारकातर्फबाट लचकता र पहल हुन्छ,’प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउनुभएको थियो ।

सभामुखले एमाले प्रमुख सचेतकपदमगिरी, रास्वपाप्रमुख सचेतक सन्तोष परियार र राप्रपाप्रमुखसचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षीदलहरुलाई बजेट पारित गर्ने समयसीमाबुझिदिनआग्रहगर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.