वायु सेवा निगमले बिमान खरिद गरेरै छाड्छः मन्त्री किराँती
रुपन्देही- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कुनै पनि हालतमा नेपाल बायु सेवा निगममा नयाँ जहाज किनेरै छाड्ने बताउनु भएको छ । निजी बिमान कम्पनीको स्वार्थमा निगममा नयाँ बिमान खरिद हुन नदिन षड्यन्त्र भइरहेको भएपनि त्यसलाई चिर्दै बिमान खरिद गर्ने बताउनु भयो ।
मंगलबार नेपाल बायु सेवा निगमको बिमान मलेसिया भैरहवा अवतरणपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री किंराँतीले आफु स्वच्छ छविको व्यक्ति भएकाले बिमान खरिदमा कुनै खालको घोटला हुन नदिने बताउनु भयो ।
मन्त्री किराँतीले बिमान किन्न नदिन थुप्रै षड्यन्त्रहरु भएपनि ऐन अनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गरिने बताउनु भयो । उहाँले बिमान किन्नै पर्छ, बिमानसम्म पनि किन्न नसके मन्त्रालय खारेज गरे हुने बताउनु भयो ।
निजी कम्पनीको भाडादर ज्यादै महंगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्नेमा बताउँदै मन्त्री किंराँतीले सानाठूला गरी कम्तीमा ५० वटा बिमान निगमको हुनुपर्ने बताउनु भयो ।
भारतसँग हवाई रुट प्राप्तिका लागि सरकार लागि परेकाले छिटै बिमानस्थलबाट नियमित उडान हुने आश्वासन मन्त्री किँरातीले बिमानस्थल नियमित र पुर्ण क्षमतामा संचालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
भएका बिमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन, बजारीकरण र प्रचारको गति बढाएर अन्तर्राष्ट्रिय जगतमा बिश्वास दिलाउनुपर्ने अवस्था छ– उहाँले भन्नु भयो । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताउनु भयो ।
कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको लिखित धारणा राख्नै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नियमित उडान नहुदा निजी क्षेत्रले पर्यटन, कृषि र अन्य व्यवसायमा करिब ८० अर्ब लगानी संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्