सङ्खुवासभास्थित हेवाखोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ जना सम्पर्कविहीन

सङ्खुवासभा- संखुवासभामा गएराती आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेवा खोला बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।

चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो । बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको छ ।

सो परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्कविहीन रहेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले बताउनुभयो ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.