धुलिखेल अस्पतालमा कोरोना संक्रमित बृद्धको मृत्यु

काभ्रे– धुलिखेल अस्पतालमा महोत्तरी बर्दिवास घर भइ उपचार गराइरहेका एक बृद्धको मृत्यु भएको छ । महोत्तरी बर्दिबास घर भई धुलिखेल अस्पतालमा विगत १५ दिन देखि उपचारार्थ हुनुुहुन्थ्यो ।

शनिबार बिहान ६:३० बजे उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

७६ वर्षीय बृद्धको कोरोना भाईरसका कारण निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनु भयो । यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमै पहिलो पटक कोरोनाका कारण मृत्यु भएको थियो भने धुलिखेलका ९८ बर्षीय पुरुष ब्यक्तिको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.