दार्चुला भन्सारको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन

दार्चुला- दार्चुला भन्सार कार्यालयले लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९-८० मा १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा ४० लाख ८१ हजार ४०२ रुपैयाँ अर्थात १०७ दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिनुभयो ।

‘प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो तर आर्थिक वर्षमा २०७९-८० मा हामीले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएका छौ, कार्यालय प्रमुख प्रसाद भन्नुभयो ।’

चालू आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ । कार्यालय प्रमुख प्रसादका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ३ लाख ५० हजार १ सय ९९ रुपैयाँ, भदौ महिनामा २ लाख ५७ हजार ९२ रुपैयाँ, असोज महिनामा २ लाख ३२ हजार ८ सय २५ रुपैयाँ संकलन गरिएको छ ।

यस्तै कात्तिक महिनामा १ लाख ६९ हजार ७ सय १६ रुपैयाँ, मंसिर महिनामा २ लाख ४४ हजार ६ सय २९ रुपैयाँ, पुस महिनामा ३ लाख १३ हजार १ सय ९३ रुपैयाँ, माघ महिनामा ३ लाख ८५ हजार ९ सय १९ रुपैयाँ र फागुन महिनामा ५ लाख १७ हजार ४ सय ३७ रुपैयाँ र चैत महिनामा ४ लाख ५४ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी बैशाख महिनामा ३ लाख ६९ हजार ९ सय ६८ रुपैयाँ, जेठ महिनामा ३ लाख १७ हजार २ सय ४२ रुपैयाँ र असार महिनामा ४ लाख ६८ हजार ५ सय १९ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । लक्ष्यभन्दा २१ लाख १३ हजार ४ सय २ रुपैयाँ बढी संकलन भएको हो । दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलो पटक हो ।

पछिल्लो समय नागरिकहरु करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताउनुभयो । यस्तै कार्यालयले चालू आर्थिक वर्षमा ५० लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.