सामाजिक सुरक्षा भत्ता लिनेहरुमा संक्रमणको जोखिम

धादिङ- धादिङ जिल्लाको सदरमुकाममा रहेको प्रभु बैंकको शाखा कार्यालयमा एका विहानैदेखि बुढाबुढीहरुको लामो लाइन छ ।

लाइन अव्यवस्थित हुँदा भिड नै देखिन्छ ।यहाँ कोरोना संक्रमणको कुनै डर र त्रास छैन न त सरोकारवाला निकाय जिम्मेवार नै देखिन्छन ।

बैंकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएको छैन भने बृद्धबृद्धाहरु लाइनमा बस्दा भौतिक दूरी कायम गरिएको छैन ।

यो त प्रतिनिधि घटना मात्र हो । धादिङमा रहेका धेरै जसो वित्तीय संस्थाहरुमा दैनिक जसो नै भिडभाड हुने गरेको छ ।
नियमको पालना गराउनका लागि अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय धादिङले कडाई गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

सबै स्थानीय तहहरुले बृद्दबृद्दाहरुका लागि सामाजिक सुरक्षा भत्ता घर घरमा नै पुर्‍याउने ब्यवस्था गर्दै आएका छन । तर निलकण्ठ नगरपालिकाले यो सेवा प्रवाह गर्न सकेको छैन ।

यसरी आफूहरु विहानैदेखि लाइनमा बस्न आउनु पर्दा निकै समस्या उत्पन्न भएको बृद्ध–बृद्धाहरुको गुनासो छ ।

त्यसो त नगरपालिकाले उपलब्ध गराउने सामाजकि सुरक्षा भत्ता प्रभु बैंक मार्फत सम्वन्धित वडा कार्यालमा नै पुगी वितरण गर्ने ब्यवस्था मिलाउने सो बैंकलाई जिम्मा दिएको थियो ।
बैंकले भने यो सहमतिको पालना गरेको छैन । त्यसैले विहानैदेखि सदरमुकाममा रहेको शाखा कार्यालयमा भिडभाड बढेको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकाले बालवालिका र बृद्ध–बृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.