सुस्ताका स्थानीयको सपनाको रुपमा रहेको नारायणीको पुल अझै पूरा भएन

ठेक्काको म्याद फेरि थप गर्ने तयारी

पश्चिम नवलपरासी- साउन महिनादेखि पुलबाट आउजाउ गर्ने पश्चिम नवलपरासीको सुस्ताका स्थानीयको सपना यस पटक पनि पुरा हुन सकेन ।

पटक पटक समय थप गर्दा समेत सुस्ता गाँउपालिकास्थित नारायणी नदिमा निर्माण भइरहेको नेपालकै लामो झोलुङ्गे पुलको काम पुरा नहुँदा स्थानीय बाढिमा जोखिमपुर्ण डुंगाको यात्रा गर्न बाध्य छन् ।

यही असार मसान्तसम्म पुल निर्माण सक्नका लागि २०७८ साल चैत्रमा सरकारले थप समय उपलब्ध गराएपनि निर्माण सम्पन्न भएको छैन ।

२०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तीन वर्ष भित्रै सक्नुपर्ने थियो तर पटक-पटक म्याद थप गर्दासमेत पुलको काम पुरा हुन सकेको छैन ।

नारायणीपारीका सुस्ताबासिको सपनाको रुपमा रहेको पुलको १० वटा मुख्य पिल्लरको काम सकेर त्यसमाथि स्टिलका टावर बनाउने काम अन्तिम चरणमा छ ।

नारायणीमा पानीको सतह बढेकाले नदिको दुवै किनारातर्फ बाँकी काम भइरहेको सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरका ईन्जिनियर गोपालबहादुर थापाले जानकारी दिनुभयो ।

अन्तिम चरणमा रहेको पुल निर्माणको काम सक्न ठेकेदारलाई फेरि समय उपलब्ध गराउन लागिएको छ । चार महिना थप समय दिएर काम सक्ने योजना अनुरुप म्याद थपको प्रक्रिया सुरु भएको थापाले जानकारी दिनुभयो ।

१५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशुली आश्रय जेभी कन्ष्ट्रक्शनले २९ करोड ४० लाख रुपैँयामा ठेक्का लिएको छ ।

डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणी पारीका सुस्ताबासी, पुल निर्माण भए सहजै आउजाउ गर्न सक्नेछन् ।

सुस्ताका स्थानीय मुन्सि हरिजनले पुल नभएकै कारण नेपाल तर्फ नारायणीपारीका सुस्ताका बासिन्दाले सिधा सम्पर्क स्थापित गर्न नसक्दा सामान्य किनमेल औषधिमुलोका लागि पनि भारत तर्फ जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.