गुल्मीको मालिकामा एक व्यक्ति मृत फेला

गुल्मी- गुल्मीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नआएपछि आफन्तले खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङबाट पासे जाने पासेखोलास्थित कच्चि मोटर बाटोबाट करिब तीन सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी अर्खवाङवाट खटिएको प्रहरीले जनाएको छ । अन्य विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.