दोलखामा पहिरो, एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते

दोलखा- दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गएराती नौ बजेको अविरल बर्षासँगै आएको पहिरोले गाउँपलिका-८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो ।

पहिरोले गाउँपालिका -७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उहाकी श्रीमती र यज्ञ बहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो ।

थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.