मल ल्याउन नसक्ने कम्पनीसँगको ठेक्का रद्द, साढे ९ करोड जफत (भिडियो सहित)
काठमाडौं– कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनीको ठेक्का रद्द गरेको छ ।
कम्पनीको आइतबार बसेको वैठकले शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी दुई कम्पनीले राखेको करिब साढे ९ करोड रुपैयाँको बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो। दुवै कम्पनीबाट क्षतिपूर्ति लिने र कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु गरिएको आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मल आयातका लागि नयाँ प्रकृया अब सुरु हुनेछ ।
दुवै कम्पनीले दुई पटक गरेर भदौ २० सम्म मल ल्याउने सम्झौता गरेका थिए ।
ठेक्का पाएका कम्पनीले आयात गर्न नसक्दा देशभर मलको हाहाकार छ ।





प्रतिक्रिया राख्नुहोस्