वर्षासङ्गै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- अविरल वर्षासँगै राति पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले डोजर लगाएर बिहानदेखि पहिरो पन्छाएर सडक खुलाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ ।

यस क्षेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण पहाड र तराईको यात्रामा निस्केका यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.