सार्वजनिक ओहोदामा रहेका व्यक्तिको व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरीः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ ।

१७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरूरी भएको बताउनुभयो ।

विश्वमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’बारे अध्ययन गर्न आवश्यक रहेको बताउँदै उहाँले अब सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरी रहेको पनि प्रधानमन्त्रीले बताउनु भयो ।

सार्वजनिक पदाधिकारीको काम कारबाहीमा जनताको कम निगरानीसंगै राज्यको सूचनामा नागरिक समाजको सहज पहुँच नहुदा पनि भ्रष्टाचार मौलाउँदै जाने खतरा बढेको पनि उहाँले बताउनु भयो ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचनाको हकसम्बन्धी कानुन लागू भएको लामो समय भए पनि नागरिकका वीच यसको प्रयोगलाई अझै व्यापक बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

आयोगको क्षमता बढाइ सूचनाको हक कार्यान्वयनका लागि सरकार सबै खालको सहयोग गर्न तयार रहेको पनि प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.