गौरा पर्वका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.