बारा बस दुर्घटना अपडेट: मृतक सातैजनाको सनाखत

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताउनुभयो । उनीहरुको खोजी भइरहेको छ ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.