गौरा पर्व : सांस्कृतिक र राजनीतिक एकताको बेजोड सन्देश

काठमाडौं- गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी हुनुभएको छ।
कार्यक्रममा प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, परराष्ट्रमन्त्री  साउदलगायत शीर्ष नेताले देउडा नाच नाच्नु भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा मनाइएको हो।

गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेता टुडिँखेल भेला भएका थिए ।

फरक दल र विचार भएका नेताहरुको संयुक्त उपस्थित त्यो पनि अनौपचारिकता धेरै भएपछि सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

राजनीतिक संस्कार पनि यसरी नै देखाउनुपर्ने कतिपयको भनाइ थियो । कतिपयले त यसलाई सांस्कृतिक र राजनीतिक एकताको वेजोड सन्देशको  रुपमा हेरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.