धार्मिक सद्‍भाव भड्काउने प्रयासलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छः नेता डा. कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक परिस्थिति अत्यन्तै खराब अवस्थामा जान लागेको बताउनु भएको छ ।

शनिवार विराटनगरमा आयोजना गरिएको नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा बोल्दै नेता डा. शेखर कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक अवस्था खराब हुन लाग्दा समेत सुधार गर्न सरकारले चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीले नै जातिय पहिचानका नाममा मुलुकलाई द्वन्द्वमा फँसाउन खोजेको बताउँदै धार्मिक सद्भाव भड्काउने प्रयासलाई तत्काल नियन्त्रण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नेता कोइरालाले सरकारले संविधान र कानून उल्लंघन गर्ने कार्य गरेकाले न्यायिक सक्रियता बढेको बताउदै संविधान मिच्ने र गलत काम गरे अदालत चुप लागेर बस्न नहुने स्पष्ट पार्नुभयो ।

नेता कोइरालाले पत्रकारहरुलाई शुभेच्छुक भन्दा पनि क्रिटिकल हुन आग्रह गर्दै निष्पक्ष र स्वतन्त्र भएर काम गर्दा मुलुकलाई फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता मर्यादित पेशा भएकाले मर्यादित भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलसहित नवनिर्वाचित पदाधिकारीहरुलाई नेता कोइरालाले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.